ad ad

कारोबार


शनिबार बिहानैदेखि ४ घण्टासम्म सिंहदरबार क्षेत्रमा विद्युत् बन्द गरिने (सूचनासहित)

शनिबार बिहानैदेखि ४ घण्टासम्म सिंहदरबार क्षेत्रमा विद्युत् बन्द गरिने (सूचनासहित)

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ९:३, काठमाडौँ

सिंहदरबार परिसर र आसपासका क्षेत्रमा शनिबार बिहान ४ घण्टा विद्युत् आपूर्ति बन्द गरिने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने विद्युत् शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म बन्द गरिने भएको हो।  

जसका कारण उक्त अवधिमा सिंहदरबार परिसरभित्रका सबै कार्यालय, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा शनिबार बिहान ७ बजेदेखि विद्युत बन्द हुने प्राधिकरणले आज (शुक्रबार) जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

हेर्नुहोस् सूचना-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .