ad ad

समाज


पाँचखालमा आगलागी हुँदा ९ वटा पसल जले, करोडौँको क्षति भएको अनुमान

पाँचखालमा आगलागी हुँदा ९ वटा पसल जले, करोडौँको क्षति भएको अनुमान

घटनास्थल


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ९:१०, काठमाडौँ

आज (शुक्रबार) बिहान काभ्रेको पाँचखालमा आगलागी हुँदा नौवटा पसल जलेका छन्। 

आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

शुक्रबार बिहान सवा ६ बजे पाचँखाल नगरपालिका ४ समाजकल्याण चोकमा रहेको  उद्धब प्रसाद तिमल्सिनाको घरको सटरमा विद्युत् सर्टभई अचानक आगलागी सुरु भएको जिल्ला प्रहरी कार्याल्य काभ्रेले जनाएको छ।

आगलागीमा परेर तिमल्सिनाको घरमा रहेका ४ वटा कपडा पसल, ३ वटा होटल, एउटा मोबाईल पसल र एउटा मासु पसल जलेका छन्। 

आगलागीमा परेर चारवटा कपडा पसल भने पूर्णरुपमा जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। होटल, मोवाइल र मासु पसल भने आंशिक मात्रै जलेका छन्।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन्। 

क्षतिको यकिन विवरण संकलनको काम भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .