ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन्।
बैंकको हालै बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डीसीओ नियुक्त गरेको हो।
यसअघि पोखरेल आईएमई ग्रुपको भाइस प्रेसिडेन्ट थिए। साथै उनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए।
एभरेष्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्।
69
Shares
प्रतिक्रिया