ज्योति विकास बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कपिल ढकालले पाएका छन्।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै कामु सीईओको जिम्मेवारी ढकाललाई दिने निर्णय गरेको हो।
ढकाललाई मंसिर ४ गतेदेखि लागू हुनेगरी कामु सीईओ नियुक्त गरिएको छ। उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।
यसअघि ढकाल हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो।
ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्। प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ।
साथै, उनले एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रूपमा काम गरिसकेका छन्।
Shares
प्रतिक्रिया