टेक्नोरियन नेपाल २०२३ हुने भएको छ। एसियाको सूचना प्रविधि सम्बन्धी कार्यक्रम आईआईटी बम्बईमा सहभागी गराउन नेपालमा प्रतिस्पर्धा हुन लागेको हो।
एडभान्स्ड रोबोटिक क्लब र एडभान्स कलेज अफ इन्जिनियरिङले तेस्रो टेकफेस्ट सञ्चालन गर्न लागेका छन्।
डिसेम्बर १ मा हुने कार्यक्रममा मुख्यत ४ वटा विधामा प्रतिस्पर्धा हुने छन्। जसमा कोज्मो क्लेञ्च, मेस्मेराइज, कोड डिकोड र टेकफेस्ट ओलेम्पेड रहेका छन्।
एडभान्स रोबोकिट क्लबले डिसेम्बर २७ देखि २९ सम्म उत्कृष्ट २ टिमलाई सहभागी गराउने छ।
कार्यक्रममा सहभागीले रोबोट रेसको अनुभव र आफ्ना इनोभेटिभ आइडियालाई प्रदर्शन गर्न पाउने छन्। आईआईटी बम्बाईले २२ वर्षदेखि टेकफेस्ट गर्दै आएको छ।
141
Shares
प्रतिक्रिया