ad ad

बागमती


तलब नपाएको विरोधमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले गरे ‘पेन डाउन’

तलब नपाएको विरोधमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले गरे ‘पेन डाउन’

नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १२:८, मकवानपुर

हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापकले पेन डाउन गरेका छन्।

तीन महिनादेखि तलब, भत्ता तथा सेवा सुविधा नपाएको भन्दै २२ कात्तिकदेखि ‘पेन डाउन’ गरेको प्राध्यापकहरूले बताएका छन्।

प्राध्यापक कल्याणकारी समितिका अध्यक्ष विश्वास सापकोटाले भदौदेखि पाउनुपर्ने तलब, भत्ता, सेवा सुविधा नपाएपछि आन्दोलन गर्नुपरेको बताए।

प्राध्यापक र प्रतिष्ठानको पदाधिकारीबीच पटकपटक छलफल हुँदा पनि समस्या समाधान नभएपछि २२ कात्तिकबाट पठनपाठनको काम रोकेको उनले जानकारी दिए।

प्राध्यापक कल्याणकारी समितिले बिहीबार सात बुँदे विज्ञप्ति जारी गरी नियम अनुसार पाउनुपर्ने तलब भत्ता तथा सेवा सुविधा समयमै उपलब्ध गराउनुपर्ने, प्रतिष्ठान तथा शिक्षकहरूको स्थायित्वका लागि सेवा आयोग गठन गर्नुपर्ने लगायतका माग गरेको हो।

आन्दोलनरत प्राध्यापक र प्रतिष्ठानका कुलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलबीच भएको छलफल पनिविना निष्कर्ष सकिएको बताइएको छ।

प्रतिष्ठानले समस्या समाधानको लागि सम्बन्धित निकायहरूसँग निरन्तर प्रयत्न गरिरहेको दाबी गरेको छ। प्रतिष्ठानले बी फार्मा, बीपीएच, नर्सिङ र बीएससी एमएल्टी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ भने करिब २०० जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .