ad ad

समाज


प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

प्रहरीलाई ढुंगा हान्ने ५ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार १२:१२, काठमाडौँ

बिहीबार बल्खुमा प्रहरीलाई ढुंगामुढा गर्ने दुर्गा प्रसाईंका पाँच कार्यकर्ता पक्राउ परेका छन्। पशुपति खड्का, मणिन्द्र राजभण्डारी लगायत ५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

बल्खुमा बिहीबार झडपका क्रममा प्रदर्शनकारीको ढुंगा लागेर ५ जना प्रहरी घाइते भएका थिए। उनीहरूको प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

यस्तै २३ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।

शुक्रबारदेखि प्रसाईंले आफ्नो समूहलाई काठमाडौँको तीनकुनेमा भेला हुन सूचना गरेका थिए। प्रशासनले उनलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको थियो। तीनकुनेमा भने कार्यक्रम गर्न अनुमति नरहेको भन्दै त्यहाँ आन्दोलन गरे कारबाही हुने चेतावनी दिइसकेको छ। प्रसाईंका कार्यकर्तालाई तीनकुने आउन दिइएको छैन।

प्रशासनको चेतावनी र प्रहरीको अवरोधपछि प्रसाईंको शुक्रबारको कार्यक्रम नै अनिश्चित बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .