ad ad

कारोबार


आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै : राष्ट्र बैंक

आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै : राष्ट्र बैंक

नेपालखबर
मंसिर २०, २०८० बुधबार १४:३१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले चालू आवमा ४/५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय संसदको अर्थ समितिलाई मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै चालू आवमा ४/५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको बताएका हुन्। 

उता सरकारले भने आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। 

आर्थिक वर्षमा पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि र कर्जा प्रवाह बढ्न थालेका कारण ४/५ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने राष्ट्र बैंकको आँकलन छ। 

गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २.१६ प्रतिशतमा खुम्चिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .