मोबाइल फोनको प्रयोगलाई लिएर भएको विवादका क्रममा नुवाकोटमा एकजना युवकले श्रीमतीलाई चिर्पटले हानेका छन्।
तादी गाउँपालिका-४ सुन्दरादेवी काउले निवासी ३० वर्षीय लक्ष्मण तामाङले मोबाइलमा धेरै फोन आएको भन्दै चिर्पटले हानेर २७ वर्षीया श्रीमती सूर्यमाया तामाङलाई गम्भीर घाइते बनाएका हुन्।
श्रीमतीको मोबाइलमा धेरै फोन आएको विषयमा भएको विवादले उग्र रुप लिँदा सूर्यमाया कुटिएकी हुन्।
घटनापछि सूर्यमायालाई दुप्चेश्वर नेपाल हस्पिटल सातबिसेमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
चोटग्रस्त उनी हल्का बोल्न सक्ने अवस्थामा छिन्। अहिले उनलाई आफन्तहरूले उपचारमा सहयोग गरिरहेका छन्। कुटपिटमा संलग्न लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया