ad ad

कारोबार


नगरकोटमा नेपालकै लामो जिपलाइन सञ्चालनमा

नगरकोटमा नेपालकै लामो जिपलाइन सञ्चालनमा

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १२:५८, काठमाडौँ

नगरकोटमा नेपालकै लामो जिपलाइन सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नगरकोट जिपलाइनको उद्घाटन गरे।

मन्त्री किराँतीले नेपालको पर्यटन स्थानीय स्वामित्वसहितको हुनुपर्ने बताउँदै जिपलाइन खुलेकोमा खुसी व्यक्त गरे।

‘मैले जहिले पनि नेपालको पर्यटन स्थानीय बासिन्दाको स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै आएको छु। नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो। यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाइन खुल्नु निकै राम्रो कुरा हो।’

नेपालको पर्यटनले गति लिइरहेको समेत उनले बताए। ‘नेपालको पर्यटनले आङ्ग तन्काएको छ। जुन निकै राम्रो कुरा हो। यो जिपलाइनले पनि पर्यटन विकासमा टेवा पुर्याउनेछ।’

२.२५० किलोमिटर लामो जिपलाइन भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको ६ र ७ वडामा अवस्थित छ। यो एसियाकै दोस्रो लामो जिपलाइन भएको निर्माणटिमको दाबी छ। ४ करोड लगानीमा निर्माण भएको यो जिपलाइनमा प्रतिव्यक्ति ४ हजार ५ सय टिकट रहेको छ।

साहसिक पर्यटन (एडभेन्चर टुरिज्म) अन्तर्गत पछिल्लो समय मुलुकमा जिपलाइन निर्माणको लहर बढिरहेको बेला नगरकोटमा हालसम्मकै सबैभन्दा लामो जिपलाइन सुरु गरिएको सञ्चालक केदार थापाले जानकारी दिए।  

सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकलाई थप नयाँ गन्तव्यका रूपमा जिपलाइन सञ्चालन गरिएको सञ्चालक थापाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .