ad ad

कारोबार


अदानीविरुद्ध हिन्डेनबर्गको ‘सुनियोजित आक्रमण’मा विजेता बनेको भारत

सेयर बेचेर संकट टारे, विदेशी लगानी भित्र्याए
अदानीविरुद्ध हिन्डेनबर्गको ‘सुनियोजित आक्रमण’मा विजेता बनेको भारत

भाारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गौतम अदानी (एजेन्सी)


प्रणव किरण
पुस १, २०८० आइतबार १२:५६, काठमाडौँ

भारतका धनाढ्यमध्येका एक गौतम अदानी कठिन वर्षको अन्त्यसँगै निर्धक्क भएर उभिएका छन्। गत जनवरीमा हिन्डेनबर्ग रिसर्चले स्टक म्यानिपुलेसन (सेयर मूल्यमा बढाइचढाइ) र एकाउन्टिङ फ्रड (झूठो हरहिसाब) गरेको आरोप लगाएपछि अदानीका पब्लिक कम्पनीका सेयरको अवनति देखिएको थियो। 

अदानीले त्यो आरोपलाई भारतमाथिको ‘सुनियोजित आक्रमण’ भन्दै अस्वीकार गरेका थिए। तर त्यही ‘शर्ट सेलर’ (छोटो समयका लागि सेयर बेच्ने र मूल्य झनै घटेपछि फेरि किन्ने)को (बद)नामले पूर्वाधारका यी हस्तीलाई फाइदा हुनसक्नेछ। 

बिहीबारसम्म अदानीले व्यहोरेको घाटा ६४ अर्ब डलरमा खुम्चिएको छ। एक बुँदामा भन्दा, उक्त ‘आक्रमण’ले अदानी ग्रुपका नौ पब्लिक कम्पनीहरुको बजार मूल्यमा डेढ खर्ब डलरभन्दा धेरै गुमेको थियो। ग्रुपको ठूलो कम्पनी अदानी इन्टरप्राइजेसका सेयरहरु अझै पनि १८ प्रतिशतले कम छन्। 

तर उनको २७ अर्ब डलरको अदानी पोर्ट्स (बन्दरगाह) र २४ अर्ब डलरको अदानी पावरका सेयरहरु जनवरी २४ मा हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता क्रमशः ३६ प्रतिशत र ८९ प्रतिशतले बढेका छन्। 

यसको अर्थ अहिले अदानी उक्त संकटबाट लगभग बाहिरिएका छन्। लगानीकर्ताको विश्वास जगाउन यसले जीक्युजी र अबु धाबी समूह इन्टरनेशनल होल्डिङजस्ता लगानीकर्तालाई आफ्ना केही कम्पनीहरुमा स्वागत गरेको छ। जसले उनको परिवारको कसिलो सेयर स्वामित्वलाई पातलो गर्न मद्दत गरेको छ। 

अदानीले आफ्नो सेयर बेचेर ऋण भुक्तान समेत गरेका छन्। उदाहरणका लागि २०२२ को डिसेम्बरसम्म अदानी पोर्ट्समा रहेको उनको सेयर १७.३ प्रतिशतबाट घटेर सेप्टेम्बर त्रैमासिकसम्म २.४ प्रतिशतमात्र छ।  

त्यसो त हिसाबकिताबको तनावले उक्त ग्रुपको तीव्र वृद्धि, लाभ र मूल्यांकनबारेको चिन्ताको परीक्षण गरिदियो। कुल ऋण अधिकांशतः २२ अर्ब डलरकै वरिपरि कायम रहँदा नगद प्रवाहका लागि आम्दानीको नाफा चुलिएको छ। फलतः कन्सोलिडेटेट रेसियो (सहायक कम्पनीमा रहने मातृकम्पनीको हिस्सा) ३.३ गुणाबाट २.५ गुणाले घटेको छ।

लन्डन स्टक एक्सचेन्ज ग्रुप (एलएसईजी)को विवरणअनुसार बजार पुँजीकरणको दृष्टिकोणबाट चारवटा ठूला व्यवसायहरुले ८९ गुणादेखि २०२ गुणा आयबीचमा व्यापार गर्छन्। उच्चताको कुरा गर्दा त्यो हिन्डेन्बर्गले रिपोर्ट सार्वजनिक गर्नुअगाडिका ३१५ देखि ८४५ गुणाभन्दा निकै कम हो। 

यस्तोमा अदानीका भरपर्दा कम्पनीहरु टोटल इनर्जिज, विल्मार इन्टरनेशनल र यसका स्ट्यान्डर्ड चार्टर्ड र सिंगापुरको डीबीएसजस्ता विश्वव्यापी व्यवसाय गर्ने बैंकको सानो समूह बफादार देखिएका छन्। र, अदानी समूहमा यो वर्ष ठूलो दाउ लगाएको फ्लोरिडास्थित जीक्युजी पार्टनर्सले यो वर्ष ग्रुपका पाँच कम्पनीहरुमा आफ्नो लगानीको मूल्य बढेको देखेको छ। 

ग्रुपको न्यूनतम पब्लिक सेयरबारेका कतिपय प्रश्नहरु अनुत्तरित नै छन्। उदाहरणका लागि, यदि केही गडबडी पाइए तिनीहरुले भारतीय धितोपत्र र विनिमय बोर्डबाट जरिवानाभन्दा अलि बढी दण्डनीय कुरालाई आकर्षित गर्नसक्नेछ। तर नियामकहरु तत्काललाई आउने देखिँदैन। किनभने भारतीय सेयरहरु अहिले हालसम्मकै उच्च विन्दुमा रहेका छन् भने अदानीको कोलम्बो बन्दरगाह परियोजनामा गत महिना भएको अमेरिका सरकारको लगानीबाट पनि निकै मद्दत मिलेको छ। 

 (एजेन्सीबाट)

यसको सबैभन्दा ठूलो विजेता सायद भारत नै हुनसक्छ। किनकि बन्दरगाह र विमानस्थलजस्ता महत्त्वपूर्ण भारतीय पूर्वाधारहरुको ठूलो सञ्चालक भनेका निजी क्षेत्रका उद्योगीहरु नै हुन्। नवीकरणीय ऊर्जा र हरित ऊर्जामा अदानीको लगानीले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रलाई कच्चा तेल आयातसँगको निर्भरता हटाउन मद्दत गर्न सक्छ। त्यसो त हिन्डेनबर्गको कामको परिणाम भनौँ, भारतीय समुन्नतिको महत्त्वाकांक्षासँग जोडिने एउटा समूहलाई लिएर मुम्बईको वित्तीय घेरामा रहेको असन्तुष्टि पनि अचम्म गरी मौन छ।    

‘शर्ट–सेलर’ आक्रमणहरु प्रायः रोक्न नसकिने खालका हुनसक्छन्। अदानीलक्षित आक्रमणचाहिँ झन् ऊर्जा दिनेजस्तो देखिएको छ। 
डिसेम्बर १४ सम्म रहेको अदानी ग्रुप कम्पनीहरुको १ खर्ब ७२ अर्ब अमेरिकी डलरको कुल बजार पुँजीकरण यो वर्षको सुरुतिर एउटा अमेरिकी शर्ट सेलरले लक्षित गर्नुअघि २७ प्रतिशतले कम थियो। 

जनवरी २४ मा हिन्डेनबर्ग रिसर्चले दशकौँसम्म गौतम अदानीको नेतृत्वमा पूर्वाधारकेन्द्रित समूहले व्यावसायिक इतिहासमै सेयर बढाइचढाइ र हिसाब गडबडीजस्ता ठूलो धुर्त्याइँ गरेको आरोप लगाएको थियो। 

अदानीले त्यो रिपोर्टलाई गलत, आधारहीन भएको र भारतकै उच्च अदालतहरुले समेत अस्वीकार गरेको भन्दै नकारेका थिए। अदानी समूहले शर्ट सेलरको अभियान भारत र यसको समुन्नतिको महत्त्वाकांक्षामाथि सुनियोजित आक्रमण भएको बताएको थियो। रोयटर्सबाट भावानुवाद 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .