नेपाली कांग्रेस नेता, संघीय सांसद तथा उद्योगपति विनोद चौधरीले २०८४ को चुनावलाई लक्षित गरी स्पष्ट आर्थिक एजेन्डा ल्याउन पार्टी नेतृत्वसँग माग गरेका छन्।
कांग्रेस गण्डकीको पहिलो सम्मेलनको क्रममा बोल्दै उनले यहाँ मेरो र मेरो सन्ततिको भविष्य सुरक्षित छ? भन्ने प्रश्नको उत्तर खोज्न ढिला गर्न नहुने बताउँदै उनले मासिक रुपले विदेशिनेहरुलाई स्वदेशमै रोक्ने नीति अहिलेको आवश्यकता भएको तर्क गरे।
‘पहिला रोजगारी नहुनेहरू विदेश जान्थे, अहिले इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट र जागिर भएकाहरु विदेशिएकाहरुलाई केन्द्रमा राखेर आर्थिक मोडल बनाउनुपर्छ’ उनले भने, ‘यही प्रश्नको सेरोफेरोमा नयाँ शक्ति जन्मदैछन्, आउँदो चुनावमा २५ लाखले पहिलोपटक भोट हाल्दैछन्, उनीहरुलाई ध्यान दिउँ।’
फरक प्रसंगमा उनले अन्तर्राष्ट्रिय स्तरको पोखरा विमानस्थल रित्तो भएको देख्दा रुन मन लागेको सुनाए।
Shares
प्रतिक्रिया