नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विभिन्न ४ ठाउँमा बिजुली अवरुद्ध हुनसक्ने जनाएको छ।
एक सूचनामार्फत प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुलीमा अवरोध हुनसक्ने जनाएको हो। यसअनुसार तारेभीर फिडरको चपली तथा बूढानीलकण्ठ क्षेत्र, ढुंगेधारा फिडरको गोंगबु बसपार्क, गणेस्थान फिडरको चपली तथा हात्तीगौँडा र शिवपुरी फिडरको चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा बिजुली आपूर्ति बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म अवरुद्ध हुनसक्ने जनाएको हो।
यद्यपि मौसम प्रतिकूल रहेमा भने सटडाउन नहुने प्राधिकरणले उल्लेख गरेको छ।
27
Shares
प्रतिक्रिया