नेपाल फुटबल खेलाडी संघले क्यान्सरपीडित फुटबल प्रशिक्षक प्रकाश अर्यालको उपचारका लागि आर्थिक सहयोग गरेको छ।
संघका तर्फबाट अध्यक्ष विक्रम लामा तथा उपाध्यक्षद्वय विराज महर्जन र विकेश कुथुले उनको उपचारका लागि २ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।
प्रशिक्षक अर्यालको उपचारमा सहयोग पुर्याउन संघले नेपाल सुपर लिग (एनएसएल) खेलिरहेका खेलाडी, एनएसएल नखेलेका खेलाडी, अफिसियल तथा संघकै कार्यसमिति सदस्यबाट रकम संकलन गरेको थियो।
एनएसएल खेलिरहेका एफसी चितवन, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, स्पोर्टिङ इलाम, झापा एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसीका खेलाडी र अफिसियलले सहयोग गरेका हुन्।
यस्तै एनएसएलमा सहभागी नभएका खेलाडीले पनि सहयोग गरेको संघले जनाएको छ।
60
Shares
प्रतिक्रिया