ad ad

कारोबार


लेखा समितिका सभापतिको आरोप : एनसेल प्रकरणको अनियमितता लुकाउन अर्को समिति प्रयोग गरियो

लेखा समितिका सभापतिको आरोप : एनसेल प्रकरणको अनियमितता लुकाउन अर्को समिति प्रयोग गरियो

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८० बुधबार १२:१६, काठमाडौँ

संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेल खरिद-बिक्री प्रकरणलाई ढाकछोप गर्न संसद्कै अर्को समिति प्रयोग गर्न खोजिएको बताएका छन्। 

सभापति पोखरेलले एनसेल प्रकरणमा भएको भनिएको शंकास्पद कारोबार र अनियमिततालाई ढाकछोपका लागि संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिलाई सरकारले प्रयोग गरेको आरोप लगाएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रामहरि खतिवडा सभापति रहेको राज्य व्यवस्था समितिमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए। 

त्यसपछि उक्त समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुलउपर गर्न सरकारलाई निर्देशन दिएको थियो।
 
बैठकले एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समिति–२०८० को प्रतिवेदनलाई आधार लिई राज्यलाई बुझाउनुपर्ने कर एनसेलबाट असुल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो।

यसै सन्दर्भमा सभापति पोखरेलले सरकारका मान्छेहरू सार्वजनिक लेखा समितिले गरेको एनसेल खरिद-बिक्रीसम्बन्धी निर्णयलाई कमजोर बनाउन सक्रिय भएको बताएका हुन्। 

सभापति पोखरेलले समितिले सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचार छोप्न आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका समितिाहरूलाई सक्रिय बनाउन थालिएको पनि आरोप लगाएका छन्। 

‘सरकारी सुण्डमुण्डहरू सार्वजिक लेखा समिले गरेको एनसेल भष्ट्राचारकाण्डसम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भष्ट्राचारलाई छोप्न आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदिय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यत्त गर्दछु’, उनले भनेका छन्, ‘यस प्रकरणमा जनतालाई सचेत हुन अपिल गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .