ad ad

कारोबार


रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा नियुक्त

रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा नियुक्त

नेपालखबर
पुस २०, २०८० शुक्रबार १०:४६, काठमाडौँ

रिपब्लिक अफ आइसल्यान्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ।

उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहीबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। 

दुई देशबीचको कूटनीतिक सम्बन्ध सुमधुर बनाउन रिपब्लिक अफ आइसल्यान्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्यान्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो।

अवैतनिक वाणिज्यदूतको हैसियतमा विदुषी राणाले नेपाल र रिपब्लिक अफ आइसल्यान्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने प्रयास गर्नछिन्। 

विदुषी राणा किरण सुज (गोल्डस्टार सुज) का कार्यकारी निर्देशक हुन्। उनले आगामी दिनमा नेपाल–रिपब्लिक अफ आइसल्यान्डको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

अवैतनिक वाणिज्यदूतमा राणाको नियुक्तिले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धिको महत्त्वलाई जोड दिने विश्वास गरिएको छ।

साथै दुई देशबीचको आपसी सहकार्यले व्यापार, पर्यटन र शिक्षाजस्ता प्रमुख क्षेत्रहरूको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .