ad ad

कारोबार


५४औँ वार्षिकोत्सवमा आयल निगमको रक्तदान कार्यक्रम

५४औँ वार्षिकोत्सवमा आयल निगमको रक्तदान कार्यक्रम

नेपालखबर
पुस २४, २०८० मंगलबार १७:४९, काठमाडौँ

नेपाल आयल निगम लिमिटेडले आफ्नो ५४औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ। 

निगमले केन्द्रीय कार्यालय, टेकुमा नेपाल रेडक्रास सोसाइटी, रक्त सञ्चार सेवा, ताहाचलको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो। 

विगत एक दशकयता निगमले प्रत्येक वार्षिकोत्सवको अवसरमा  रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। गत वर्षको कार्यक्रममा १३१ जनाले रक्तदान गरेका थिए। यस वर्ष भने १५१ जनाले रक्तदान गरेको निगमले जनाएको छ। 

आजको रक्तदान कार्यक्रमको उद्घाटन निगमका नायब कार्यकारी निर्देशक ई. बीरेन्द्र गोइतले पानसमा बत्ती बालेर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .