ad ad

कारोबार


उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग

उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न अध्यक्ष ढकालको माग

नेपालखबर
पुस २८, २०८० शनिबार १६:४४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गरेका छन्।

शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उनले सो माग गरेका हुन्। उनले आफू जिल्लाका व्यवसायीहरुका कार्यक्रममा र वस्तुगत कार्यक्रमहरुमा जाँदा पनि व्यवसायीहरुले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीर रुपमा उठाइरहेको बताए। 

उनले उत्कृष्ट व्यवसायी सम्मान (सिआईपी) का क्रममा पनि आफूहरुले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह पनि गरे। उनले व्यवसायीको सम्मानको लागि सामान्य नीति बनाएर लागू गर्न सकिने बताए। 

यस्तो नीति बनाउन सरकारी खर्च नहुने उनको भनाइ छ।

‘यहाँ निजी क्षेत्रका साथीहरुको चाहे जिल्लामा जाऔँ, चाहे वस्तुगत कार्यक्रमहरुमा होस्। निजी क्षेत्रको मर्यादाक्रमको विषयमा गम्भीर रुपले कुरा उठेको छ। सरकारको पैसा खर्च नभइकन, धेरै व्यवसायहरुलाई इन्करेज गरेर उनीहरुको व्यवसायिक एक्टिभिटी बढाउनलाई हौसला प्रदान गर्न सकिन्छ भने त्यस्तो किसिमको चाहे मर्यादाक्रमको कुरा होस्, सीआईपीको कुरा गरौँ,’ उनले भने, ‘सीआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ। यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ। यस्ता समस्याहरू जहाँ नेपाल सरकारले खर्च नगरिकन निजी क्षेत्रलाई इन्करेज गर्ने हिसावका कुरा, चाहे मर्यादाक्रमको कुरा होस्, चाहे सिआईपीको कुरा होस्। चाहे अरु हौसला होस् यस्तो किसिमको चिज अघि बढाउँदा राम्रो हुन्छ।’

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकार उद्योगी व्यवसायीहरुलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सरकार सकारात्मक रहेको बताए। अहिले समग्र मर्यादाक्रमका बारेमा मन्त्रालय र सरकारका अरु निकायहरुको बीचमा छलफल भइरहेको भन्दै कसरी टुंगोमा पुग्ने भन्नेकुराको छलफल जारी रहेको बताए। 

उनले चाँडै नै उद्योगीहरुको समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरु सम्बन्धित निकायहरुसहितको बैठक बोलाउने पनि बताए।

‘हाम्रो उद्योग वाणिज्य महासंघको अध्यक्षजीले मर्यादा क्रमको कुरा भन्नुभएको छ। त्यो बारेमा समग्र मर्यादाक्रमकै बारेमा अहिले मन्त्रालय र सरकारको अरु निकायहरुको बीचमा छलफल भइरहेको छ,’ उनले भने, ‘त्यो बारेमा हामी एउटा टुंगोमा कुन ढंगले हुन्छ, कस्तो प्रकारले हुन्छ टुंगोमा पुग्नेछौँ। अहिले छलफलको क्रममा छ। भन्नुभएको छ। मिसनहरूमा एउटा कमसेकम प्रदर्शनी कक्ष हस्तकलाको सामग्रीहरुको भइदिए हुन्थ्यो भन्नुभएको छ। त्यो पनि विचारणीय कुरा छ। सम्माननीय प्रधानमन्त्रीको समय उपलब्ध हुनसके प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित अरु सम्बन्धित निकायहरुसहितको बैठक आयोजना गरिनेछ। नभए आफ्नै पहल कदमीमा भएपछि सम्बन्धित सबै मन्त्रालय र निकायको बैठक आयोजना कम्तीमा १५ दिन भित्र आयोजना गरेर गर्न सकिने नीतिगत निर्णय र अरु निर्णय गर्ने पहल गछर््ु।’

निजी क्षेत्रमा नीतिगत र अन्य समस्याहरु सम्बोधन गर्न १५ दिन भित्र प्रधानमन्त्रीसहितको बैठक बोलाउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .