नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ। शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकता संयोजन समिति बनाएको हो।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।
शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए। प्रदेश इन्चार्जहरूको रिपोर्ट सुनेपछि अध्यक्ष प्रचण्डले त्यसको संश्लेषण समेत सुनाएको प्रवक्ता सापकोटाले बताए।
111
Shares
प्रतिक्रिया