ad ad

कारोबार


कोसी पुलनजिक बेलकामा ७ करोड लगानीको कोसी प्यालेस होटल

कोसी पुलनजिक बेलकामा ७ करोड लगानीको कोसी प्यालेस होटल

होटल कोसी प्यालेस। तस्बिर : रमेश हतुवाली


नेपालखबर
माघ १७, २०८० बुधबार १३:८, काठमाडौँ

विभिन्न धर्मावलम्बीहरूको केन्द्र बन्दै गएको सुनसरीको चतरा र उदयपुरको बेलकालाई पर्यटकीय हब बनाउने योजनासहित एउटा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ।

आगामी माघ २७ गते उक्त सुविधासम्पन्न होटलको सुनसरीको चतरा र उदयपुरको बेलका नगरपालिका जोड्ने कोसीपुलनजिक उद्घाटन हुँदैछ। 

गत पुस १६ गतेदेखि नै सञ्चालनमा आइसकेको यो होटलको आगामी माघ २७ गते संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले औपचारिक उद्घाटन गर्दैछन्। 

होटल कोसी प्यालेस प्रालिको नामबाट सञ्चालनमा आउने यो होटलले नेपालसहित भारतका पनि पर्यटकलाई तान्ने योजना बनाएको छ।

सुनसरीको बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरू र कोशीपुल क्षेत्रमा घुम्न आउने पर्यटकलाई यसले तान्ने अपेक्षा छ। अर्कातिर कोसीमा जेटबोटमार्फत जलबिहार गर्न आउने पर्यटकलाई पनि यस होटलले सुविधा दिने योजना बनाएको सञ्चालक सम्पत राईले बताए। 

डेढ वर्षअघिदेखि निर्माण सुरु गरिएको होटल सञ्चालनमा आइसके पनि औपचारिक उद्घाटनका लागि विशेष कार्यक्रम तय गरिएको राईले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .