ad ad

कारोबार


निजी क्षेत्रले भन्यो : अरुण चौधरीलाई सरकारले तत्काल रिहा गर्नुपर्छ

निजी क्षेत्रले भन्यो : अरुण चौधरीलाई सरकारले तत्काल रिहा गर्नुपर्छ

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ १८, २०८० बिहिबार १८:१८, काठमाडौँ

निजी क्षेत्रले व्यापारी अरुण चौधरीलाई सरकारले तत्काल रिहा गर्नुपर्ने अडान सार्वजनिक गरेको छ।

बिहीबार काठमाडौंको एभरेस्ट होटलमा पत्रकार सम्मेलन गरेर निजी क्षेत्रले चौधरी पक्राउ प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनका क्रममा उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले सरकारको यो कदमबाट व्यवसायीहरू त्रसित भएको बताएका छन्।

अरुण चौधरी कुनै चोर, फटाहा जस्तो नभएको बताउँदै सूचना दिएर उनलाई बोलाएको भए राम्रो हुने बताए। 

उनीहरूले पक्राउ गर्न पाइने बताउँदै तर आफ्नो कुरा सुनाउनै नपाई सरकारले गरेको धरपकडमा आपत्ति जनाएका हुन्। 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारको यो शैलीले निजी क्षेत्र आतंकित भएको बताए।

‘अरुण चौधरी देशकै लब्धप्रतिष्ठित उद्योगी हुन्। उनी देश छाडेर जान लागेका थिएनन्’, उनले भने, ‘निजी क्षेत्रलाई नै त्रसित बनाउने काम सरकारले गरेको छ। निजी क्षेत्रलाई सरकारले मानमर्दन गर्ने काम गर्यो।’

निजी क्षेत्रको तर्फबाट बोलेका प्रतिनिधिहरूले अरुण चौधरीलाई बाहिरै राखेर छानबिन गर्न सरकारलाई आग्रह गरे।

व्यवसायीहरूले सरकारले पटक पटक यस्ता गतिविधि दोहोर्‍याउँदै आएकाले यसले झन् जटिलता बढाउने जिकिर गरे।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .