ad ad

कारोबार


कञ्चन बैंक भित्र्याउँदै एनएमबी

कञ्चन बैंक भित्र्याउँदै एनएमबी

नेपालखबर
माघ २७, २०७६ सोमबार १४:४२,

एनएमबी बैंक लि.ले कञ्चनपुरको महेन्द्रनगर स्थित मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गर्ने सम्बन्धी सम्झौता भएको छ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ।

एनएमबी बैंक लि. नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिदै आएको ‘क’ वर्गको बैंक हो भने कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको ‘ख’ वर्गको बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी गरी ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो। यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु सञ्चालनमा छन्।

एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ।

यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदन गर्न सक्षम हुनेछ विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .