प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राखिएको सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा उनले यस्तो बताएका हुन्।
दाहालले अर्थतन्त्रका प्राय सूचकहरू सकारात्मक रहे पनि अझै चाप रहेको स्वीकारे।
'अर्थतन्त्रका प्रायः सूचकहरु सकारात्मक छन् तर केही क्षेत्रमा अझै चाप रहेको छ। अर्थतन्त्रका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ', उनले भने, 'कृषि, पशुपंछीपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामूहिक उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम ७५३ वटै पालिकाहरुमा कार्यान्वयन गर्ने गरी अघि बढाइँदैछ।'
उनले स्वदेश फर्किएर आफ्नै भूमिमा रोजगारी-स्वरोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागी हुन विदेशबाटै आवदेन दिन सक्ने गरी नयाँ व्यवस्था गरिन लागेको पनि बताएका छन्।
Shares
प्रतिक्रिया