राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकारले कर्णालीवासीका मनको पीर र पीडा बुझ्न नसकेको दाबी गरेकी छिन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कठायतले आफू जुम्ला पुग्दा त्यहाँका मानिसले सुनाएको घटना संसदमा सुनाइन्।
आफ्नो क्षेत्रका सांसदले सरकारमा बस्ने मान्छेले आफूहरूको भाषा र पीडा दुवै बुझ्न नसकेको बताएको संसद्मा जानकारी गराइन्।
सांसद कठायतले जुम्लावासीकै भाषामा उनीहरूले भनेको कुरा सुनाएकी थिइन्।
‘माथि बसेका मान्छे मान्छे नै हुन कि राक्षस प्रवृत्तिका छन्? यदी ती मान्छे मान्छे हुन भने त हाम्रो मनको पीर र पीडा बुझ्दा हुन्। म प्रतिष्ठानसम्म जान सक्दिनँ,’ उनले भनिन्, ‘यहीँ नजिकै स्वास्थ्य चौकीको राम्रो सुविधा भएको भए म औषधि खाएर यो घुँडा निको हुने थियो।’
सरकारले यस्ता साना समस्या पनि नबुझेको भन्दै अरु के नै गर्न सक्छ? भन्दै प्रश्न गरिन्। ‘न यो सरकारले हाम्रो भाषा बुझ्छ, न हाम्रो पीडा? यस्ता साना समस्या पनि बुझ्दैन भने अरु के गर्छ?,’ उनले भनिन्।
Shares
प्रतिक्रिया