ad ad

कारोबार


लगानी सम्मेलनका लागि सरकारलाई चन्द्र ढकालका ५ सुझाव

लगानी सम्मेलनका लागि सरकारलाई चन्द्र ढकालका ५ सुझाव

नेपालखबर
फागुन ८, २०८० मंगलबार १२:१३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षीय लगानी सम्झौता गर्नुपर्ने बताएका छन्।

उनले सरकारले विगतमा गरेका लगानी सम्मेलनको समीक्षा गर्न आवश्यक रहेको बताए। आगामी वैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारीमा सरकार जुटेको छ। 

उक्त लगानी सम्मेलन सफल बनाउनको लागि सरकारले गर्नुपर्ने पाँच सुझाव दिए। अध्यक्ष ढकालले विगतका लगानी सम्मेलनमा आएका प्रतिवद्धताको कार्यान्वयन स्थितिबारे अध्ययन गर्न आवश्यक रहेको बताए। 

विगतका लगानी सम्मेलनको समीक्षा गरी आवश्यक ऐन कानूनहरु सच्याउनुपर्नेमा जोड दिए। उनले वन ऐन, जग्गाको हदबन्दी,औद्योगिक व्यावसायिक ऐनहरुलाई लगानीका लागि सहजीकरण गर्ने गरी परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले लगानीको लागि प्रोजेक्ट बैंकहरु तयार गर्नुपर्ने पनि बताए। अध्यक्ष ढकालले सरकारले लगानीको वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे।

अध्यक्ष ढकालले दिएका ५ सुझाव 
१. सरकारले वैशाख ९ र १० गते गर्न लागेको तेस्रो लगानी सम्मेलन हो। सरकारले गरेको दोस्रो लगानी सम्मेलनको समीक्षा गर्न जरुरी छ। दोस्रो लगानी सम्मेलनमा आएको प्रतिबद्धता कति कार्यान्वयन भयो कति भएन भनेर पहिला समीक्षा हुन जरुरी छ। समीक्षापछि विगतमा भए गरेका सच्याउनुपर्ने ऐन कानूनहरुलाई सच्याउनुपर्छ। आगामी हुने लगानी सम्मेलनमा कमीकमजोरी नहोस्।

२. नेपालमा लगानी प्रवद्र्धन गर्ने हिसाबले लगानीसँग सम्बन्धित ऐन, नीति र नियमहरु बाधक भइरहेको छ। त्यस्ता कानूनहरु तत्काल संशोधन गर्न आवश्यक छ। वन ऐन, जग्गाको हदबन्दी, औद्योगिक व्यावसायिक ऐनजस्ता जति पनि ऐनहरु छन् त्यसलाई लगानीलाई सहजीकरण गर्न बाधा परेको छ। त्यस्ता ऐनहरुलाई राज्यले तत्काल संशोधन गर्नुपर्छ। सरकारले लगानी सम्मेलनका लागि आवश्यक परिवर्तन गर्नुपर्ने सुझावहरु सरकारलाई दिइसकेका छौँ। ऐन कानूनहरु सुधार गर्नुपर्छ। 

३. लगानी सम्मेलनमार्फत विदेशी लगानी ल्याउनको लागि त्यो देशको लगानीलाई प्रोत्साहन गर्ने गरी द्विपक्षीय लगानी सम्झौता (बीआईए) प्रत्येक देशसँग सम्झौता गर्नुपर्छ। उद्योग वाणिज्य महासंघसँग विभिन्न देशका राजदुतहरुले बीआईए सम्झौता लगानी सम्मेलनभन्दा पहिला गराउनुपर्छ भन्ने हिसावले कानून बन्दै छ। कानुन बनेर मन्त्रीपरिषद्मा जाने अवस्थामा छ।

४. लगानीको लागि प्रोजेक्ट बैंकहरु तयार गर्नुपर्छ। नेपाल सरकारको मातहतमा रहेको, निजी साझेदारी मोडलमा र निजी क्षेत्रसँग भएका प्रोजेक्टहरु पूर्वाधार,जलविद्युत लगायतका प्रोजेक्ट बैंक तयार हुनुपर्छ। ता कि लगानीकर्ता आउँदा सबै प्रोजेक्टहरु हेरेर तत्काल लगानीको प्रतिबद्धता गर्न सकोस्। कार्यान्वयनमा लैजान सकियोस्।

५. सरकारले लगानीको वातावरण बनाउनुपर्छ । मुलुकले निजी क्षेत्रलाई वा विदेशी तथा स्वदेशी लगानीकर्तालाई कसरी लिन्छ भन्ने हिसाबले पनि लगानी अगाडि बढ्न सक्ने भएको हुनाले सरकारले लगानीको लागि वातावरण बनाउनु पर्छ । न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .