ad ad

कारोबार


अर्थमा वर्षमान, भौतिक पूर्वाधारमा महासेठ

अर्थमा वर्षमान, भौतिक पूर्वाधारमा महासेठ

नेपालखबर
फागुन २३, २०८० बुधबार १३:५३, काठमाडौँ

नयाँ सत्ता गठबन्धनसँगै अर्थ मन्त्रालयको नेतृत्व नेकपा माओवादी केन्द्र र भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ। 

नयाँ अर्थमन्त्रीमा माओवादीका उपमहासचिव वर्षमान पुन पक्का भएका छन् भने भौतिक मन्त्रीमा एमालेका सचिव रघुवीर महासेठ निश्चित भएका छन्। 

एमालेबाट सरकारको नेतृत्व नै महासेठले गर्ने निश्चित भएको छ। 

सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको हो।

 भागबन्डा मिलेसँगै बुधबार साँझसम्म शपथग्रहणको तयारी अघि बढाइएको छ। स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ आजै साँझ ५ बजे गर्ने तयारी छ। 

नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .