ad ad

कारोबार


नेपालमा ओमोडा ई-५ को अर्डर डेलिभरी सुरु

नेपालमा ओमोडा ई-५ को अर्डर डेलिभरी सुरु

नेपालखबर
चैत १२, २०८० सोमबार २०:२५, काठमाडौँ

एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई–५ गाडीको वितरण नेपालमा सुरु गरेको छ।

गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ सोही दिनमै खुला गरेको थियो। पहिलो चरणमा बुकिङ गर्ने ग्राहकहरूको गाडी हस्तान्तरण यस महिनाबाट सुरु भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ओमोडा ई–फाइभमा अत्याधुनिक प्रविधिलाई ध्यानमा राख्दै बनेको ६१ किलोवाटको उर्जा क्षमता (इनर्जि क्यापासिटि) भएको लिथियम आइरन फोसफेट ब्लेड ब्याट्रि प्रयोग गरिएको छ। जसले गर्दा यसको डब्लुएलटिपी रेन्ज ४३० किलोमिटर रहेको छ।

ओमोडा इ फाइभको फ्रन्ट(माउन्टेड विद्युतिय मोटरले ३४० एनएम टर्कको उर्जा उत्पन्न गर्दछ। नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एसपीजी अटोमोबाइल्सले यस गाडीको ३ सय भन्दा बढी संख्यामा बुकिङ गरेको तथ्यांक छ।

सुरुवाती मूल्य रू ५९ लाख ४९ हजार रहेको ओमोडा इ–फाइभ गाडीको प्रमुख आकर्षण, एलइडी प्रोजेक्टरयुक्त हेडल्याम्प, नेपाली सडकका निम्ति उपयुक्त उत्कृष्ट १८० (एमएम)को ग्राउण्ड क्लियरेन्स, १८ इन्चको एलोय ह्विल तथा लेदरका सिट रहेका छन्। ओमोडा इ फाइभले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम एडीएएसमा ५ स्टार एनक्याप रेटिङ्ग प्राप्त गरेको छ।

गाडीमा उपलब्ध लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, अडाप्टिभ क्रुज कन्ट्रोल र ६ वटा एयर ब्यागले गाडीमा सवार सबैको उच्चतम सुरक्षा सुनिश्चित गर्दछ।

गाडीको बाहिरि एक्स्टेरियर भाग, ‘एक्स सेपफ्रन्ट फेस’ सहित ‘डाइनामिक फास्टब्याक सेप’  डिजाइनमा बनेको छ। भित्र इन्टेरियरको भागमा उच्चस्तरको एम्बिएन्ट लाइटिङ, सोनी प्रिमियम स्पिकर, तथा भेन्टिलेसनयुक्त सिटको सुविधा रहेको छ।

साथै यसमा जडित फास्ट चार्जिङको सहायताले २८ मिनेटमा नै ३० प्रतिशतको ब्याट्रिलाई ८० प्रतिशत बनाउन सक्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .