ad ad

कारोबार


डिशहोम लक्की ड्र : नवलपरासीका सुदिप र कास्कीकी विनितालाई जनही १ लाख

डिशहोम लक्की ड्र : नवलपरासीका सुदिप र कास्कीकी विनितालाई जनही १ लाख

नेपालखबर
फागुन ७, २०७६ बुधबार १६:३४,

डिशहोमले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाअन्तर्गतको लक्की ड्र विजेता घोषणा गरेको छ ।

कम्पनीले उक्त योजनाअन्तर्गत गत माघ २७ देखि फागुन १ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको छ ।

योजनाअनुसार गत शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । पहिलो लाइभ लक्की ड्रबाट विजय भएका नवलपरासीका सुदिप मरासिनी र कास्कीकी विनिता गुरुङलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

फागुन २ गते शुक्रबारदेखि ८ गते बिहीबारसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आगामी शुक्रबारको लाइभ लक्की ड्रमा समावेश गरिने डिशहोमले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .