ad ad

कारोबार


सामसुङले ल्यायो साटफेर अफर

सामसुङले ल्यायो साटफेर अफर

नेपालखबर
फागुन ७, २०७६ बुधबार १६:३३,

सामसुङ मोबाइलका लागि आधिकारिक बिक्रेता आईएमएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरुमहरुमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ ।

यस सुविधाअन्तर्गत सामसुङका प्रयोगकर्ताहरुले नयाँ सामसुङ स्मार्टफोनका लागी आफ्नो पुरानो सामसुङ स्मार्टफोनहरु एक्सचेन्ज गर्न सक्नेछन् । साथै ग्राहकहरुले अब आफ्ना पुराना सामसुङ स्मार्टफोनहरुमा राम्रो मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा लिन इच्छुक ग्राहकहरूले आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनुपर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्यांकन वेब पोर्टलमार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसुङ स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट गर्न सक्नेछन् ।

कम्पनीका अनुसार काठमाडौंको न्युरोड, रोयल सिङ्गी होटेल आर्केड, कमलादी, पिपल्स प्लाजा, खिचापोखरी, शेर्पामल, दरवारमार्ग, पीपलबोट चोकको नजिक, बौद्धको आउटलेट तथा ललितपुरको अल्का अस्पतालनजिक, जावलाखेलबाट उक्त सेवा लिन सकिनेछ । साथै कम्पनीले क्रमशः अन्य स्थानहरूमा पनि सुविधा विस्तार गरिने बताएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .