आज (सोमबार) बिहान १ बजेदेखि ५ बजेसम्म सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध भएको छ।
भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा डेटाबेस अपग्रेडिङको कामका लागि अनलाइन सेवा अवरुद्ध भएको थियो। बैंकहरुले यसको सूचनामार्फत ग्राहकलाई अग्रिम जानकारी गराएका थिए।
सोमबार बिहान १ बजेदेखि ५ बजेसम्म डेटा अपेग्रेडिङको काम भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका थिए।
बैंकहरुका अनुसार ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै ढंगले सञ्चालन भएको छ।
*यसअघि समाचारको तथ्यमा केही फरक परेकाले सच्याएका छौँ–सं
2.2k
Shares
प्रतिक्रिया