ad ad

कारोबार


सीटीईभीटीको आईटी ल्याबमा क्रिप्टो माइनिङ, सीआईबीले पक्रियो २ जना

सीटीईभीटीको आईटी ल्याबमा क्रिप्टो माइनिङ, सीआईबीले पक्रियो २ जना

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १६:२३, काठमाडौँ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)अन्तर्गतको तालिम संस्था (टिटी)को भवनस्थित सूचना प्रविधि प्रयोगशालामा क्रिप्टो माइनिङ हुने गरेको खुलेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संलग्न दुई जनालाई पक्राउ गरेसँगै यसको खुलासा भएको हो। 

सीआईबीले कीर्तिपुरका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामतालाई पक्राउ गरेको जनाएको छ। 

ब्युरोबाट खटिएको टोलीले टिटी भवनका कम्प्युटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणपछि क्रिप्टो माइनिङ भएको पत्ता लागेको थियो। सीआईबीका अनुसार एक सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमा क्रिप्टो माइनिङ एप सञ्चालन भएको पाइएको छ। 

ती सबै सर्भर र कम्प्युटर (सीपीयू ६४ थान) सीआईबीले आफ्नो नियन्त्रणमा लिएको छ। 

संलग्नलाई ३० गते पक्राउ गरी भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .