ad ad

राजनीति


रक्षामन्त्रीको दाबी–२०८३ चैतसम्म द्रुतमार्गबाट मोटर गुड्छन्

रक्षामन्त्रीको दाबी–२०८३ चैतसम्म द्रुतमार्गबाट मोटर गुड्छन्

रक्षा मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री हरिप्रसाद उप्रेती। तस्बिर: सरोज बैजु


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १६:३३, काठमाडौँ

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले २०८३ चैतसम्म काठमाडौं–तराई/मधेस द्रुतमार्गबाट मोटर गुड्ने दाबी गरेका छन्। मन्त्रालयका सम्हालेको एक सय दिन पुगेको अवसरमा शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनले यसबारे फैलाइएका भ्रम टुट्ने समेत दाबी गरे।

‘हामी केही ढिला भएको होला तर विशेष व्यवस्थापन भएको छ, अब द्रुत गतिमा अघि बढेको छ,’ उनले भने, ‘यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ । मेरो संसदीय कालभित्र म त्यो बाटोबाट गाडी चढेर घर जाने आशामा छु र प्रतिवद्धता पनि व्यक्त गर्दछु ।’

द्रुतमार्ग सम्पन्न हुने समयबारे हल्ला फैलाइएको भन्दै मन्त्री उप्रेतीले भने, ‘उहाँले भन्नुभयो, ‘बजारमा विभिन्न हल्ला चलेका छन् । आफ्नो व्यक्तिगत कुण्ठाहरु, व्यक्तिगत इच्छा, आकंक्षाहरु नपुगेका कारण विभिन्न किसिमका हल्लाहरु फिँजाइएका छन्।’

मन्त्रीका एक सय दिन
आफूले मन्त्रालय सम्हालेपछिका सय दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री उप्रेतीले चीन सरकारबाट सहयोग स्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समय देखि प्रयोगविहीन अवस्थामा रहेका ९५वटा सवारी साधनको दर्ता गराएको, काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको र नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न करिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गरे।


त्यस्तै देशका विभिन्न ४२ स्थानबाट सुत्केरी र घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको, कोभिड-१९ को समयमा भारत सरकारबाट सहयोग स्वरुप प्राप्त भएका ६ वटा एम्बुलेन्सहरू सञ्चालनमा ल्याइएको, रक्षा मन्त्रालयमा सुरक्षा र प्रतिरक्षा सम्बन्धी पुस्तक/दस्तावेजहरूको संकलन तथा वाचनालयको सुविधासहित पुस्तकालयको स्थापना गरी सञ्चालनमा ल्याइएको जनाएको लगायतका विषय पनि उनले सय दिनका उपलब्धीमा राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .