सरकार परिवर्तन हुने सहमति भएसँगै त्यसको असर धितोपत्रको दोस्रो बजारमा परेको छ।
मंगलबार कारोबार नखुल्दै १६ अंकले बढेको बजार कारोबार खुलेको १ मिनेटमा ४६ अंकले बढ्दा सर्किट ब्रेक भएको हो। अहिले २० मिनेटका लागि कारोबार रोकिएको छ।
गएराति नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठनको सहमति भएको छ।
छोटो अवधिमा ४ प्रतिशतभन्दा माथि नेप्से सूचक बढेको खण्डमा भने बजारमा सर्किट ब्रेक हुने गर्छ।
120
Shares
प्रतिक्रिया