प्रभु लाइफ इन्स्योरेन्सले बिमितलाई प्रतिहजार बिमालेखबापत ७० रुपैयाँ बोनस दिने निर्णय गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७९/०८० को लागि बोनस दर कायम गरेको हो। उक्त आर्थिक वर्षको लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बिमांकीय प्रतिवेदन नेपाल बिमा प्राधिकरणबाट स्वीकृत गराएर नया बोनस दर तोकेको हो।
२०८० असार मसान्तसम्म जारी भएका जीवन बिमालेखहरुको हकमा कम्पनीले अधिकतम ७० रुपैयाँसम्मको बोनसदर कायम गरेको हो।
कम्पनीले सावधिक जीवन बिमामा न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस तोकेको छ भने सावधिक तथा आजीवन जीवन बिमालेखमा ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ।
यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बिमामा ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा २० रुपैयाँदेखि २४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
कम्पनीले प्रतिहजार बिमालेखमा उक्त बोनस दर कायम गरेको हो।
Shares
प्रतिक्रिया