ad ad

कारोबार


लघुवित्तले कर्जा नोक्सानी व्यवस्थापन १.१ प्रतिशत गरे हुने

लघुवित्तले कर्जा नोक्सानी व्यवस्थापन १.१ प्रतिशत गरे हुने

नेपालखबर
साउन १७, २०८१ बिहिबार ११:५९, काठमाडौँ

लघुवित्त वित्तीय संस्थाहरुले कर्जा नोक्सानी व्यवस्थाअन्तर्गत असल कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ।

नेपाल राष्ट्र बैंकले लघुवित्तका कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै असल कर्जामा नोक्सानी व्यवस्था १.३ प्रतिशतबाट घटाएर १.१ प्रतिशत कायम गरेको हो। 

कर्जा नोक्सानी व्यवस्थालाई परिमार्जन गर्दै बैंकले असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब गरी ५ वटामा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ।

सोअनुसार बैंकले असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङलाई घटाएको हो। अन्यमा भने पुरानै व्यवस्थालाई निरन्तरता दिइएको छ।

यसअनुसार सूक्ष्म निगरानीमा ५ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्नेछ भने कमसल कर्जाका लागि २५ प्रतिशत, शंकास्पद कर्जाका लागि ५० प्रतिशत र खराब कर्जाका लागि १०० प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था छ। 

राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिबाट असल कर्जामा हुने कर्जा नोक्सानी व्यवस्थालाई घटाउने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम राष्ट्र बैंकले कार्यान्वयनका लागि सर्कुलर जारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .