ad ad

कारोबार


अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौं : अर्थमन्त्री पौडेल

अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौं : अर्थमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार १९:२३, काठमाडौँ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रुपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन्।

लेखापरीक्षकहरूको संस्था नेपाल अडिटर्स एसोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा आइतबार उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गरे।

उनले  सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने दाबी पनि गरे। मुलुक आर्थिक रूपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरू जनताले उपभोग गर्न नपाउने उनको भनाइ थियो।

राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारण अर्थतन्त्रमा शिथिलता देखापरेको भन्दै उनले उनले अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित रहेको उल्लेख गरे।

उनले भने, ‘अहिले सरकारले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने दुईवटा कुरामा विशेष ध्यान दिएको छ। सरकारको यो नै महत्त्वपूर्ण कार्यभार र ठम्याइ हो भन्ने छ। हामीले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदल्यौँ। संविधान बनायौँ। संविधानमा सम्पूर्ण जनताका अधिकारलाई समावेश गराइएको छ। दुनियाँका कुनै पनि लोकतान्त्रिक मुलुकहरूको संविधानसँग तुलना गर्दा हाम्रो संविधान अगाडि नै छ। संविधानमा उल्लेख नागरिकका अधिकार जनताले उपयोग गर्ने परिस्थिति बाँकी छ। अबसम्म मुलुक आर्थिक रूपमा समृद्धशाली र सक्षम हुँदैन। तबसम्म संविधानमा लेखेका अधिकारहरू जनताले उपभोग गर्न पाउँदैनन्। व्यवस्था बदलिसकेकाले अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .