ad ad

कारोबार


बाढीपहिरोले सडक यातायात बन्द भएपछि हवाई उडानमा यात्रुको चाप

त्रिभुवन विमानस्थलबाट दैनिक हुन थाले साढे पाँचसय भन्दा धेरै उडान
बाढीपहिरोले सडक यातायात बन्द भएपछि हवाई उडानमा यात्रुको चाप

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८१ मंगलबार ११:२०, काठमाडौँ

काठमाडौँको त्रिभुवन विमानस्थलबाट दैनिक साढे पाँचसय उडान हुन थालेका छन्। सडक यातायात अवरुद्ध भएको र मुख्य चाडपर्वसमेत सुरु भएपछि हवाई यातायातको चाँप बढेको हो। 

सोमबार त्रिभुवन विमानस्थलबाट ५५९ उडान तथा अवरण भएका छन्। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाकाअनुसार आन्तरिक उडान २२७  र अवतरण २२१ भएका छन्। यसमा हेलिकप्टरको उडान तथा अवरणसमेत समावेश छ।

अन्तर्राष्ट्रिय तर्फ ५५ वटा बाहिर जाँदा ५६ जहाजले त्रिभुवन विमानस्थलमा अवरण गरेका छन्। 

ठूलो वर्षातपछि आएको बाढी पहिरोले असोज ११ देखि सडक यातायात बन्द छ। मौसममा आएको प्रतिकूलताको कारण करिब ३ दिन आन्तरिक उडान सहज रुपमा चलेको थिए। 

त्यसले पनि आइतबार र सोमबार आन्तरिक उडानमा चाँप बढेको छ। मंगलबारसमेत सोमबार जत्तिकै उडान तालिका रहेको विमानस्थल कार्यालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .