ad ad

कारोबार


गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने कार्यकल्प आयुर्वेद फर्मामाथि अनुसन्धान

गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने कार्यकल्प आयुर्वेद फर्मामाथि अनुसन्धान

नेपालखबर
चैत २६, २०७६ बुधबार ६:५८,

भक्तपुरमा कार्यकल्प आयुर्वेद फर्माले गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन गरिरहेको भेटिएको छ।

गुणस्तरहीन स्यानिटाइजर भेटिएपछि भक्तपुर नगरपालिका, १० कमलविनायकस्थित उत्पादक कार्यकल्प आयुर्वेद फर्माकी सञ्चालिका रीना ओझासँग आवश्यक सोधपुक्ष तथा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

इस्टान्ट ह्यान्ड स्यानिटाइजर लेखिएको १ सय एमएलको १ सय २६ थान र ६० एमएलको २३ थान ह्यान्ड स्यानिटाइजर मंगलबार प्रहरीले बरामद गरेको हो।

उक्त फर्मामा औषधि व्यवस्था विभागले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा नगरी ह्यान्ड स्यानिटाइजर उत्पादन गरिरहेको भेटिएको थियो।

ग्राहकहरुलाई झुक्याएर गुणस्तरहीन हेन्ड स्यानिटाइजर बिक्री गरिरहेको भन्ने ग्राहकको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र औषधि व्यवस्था विभाग बबरमहल काठमाडौंबाट खटिएका वरिष्ठ औषधि अधिकृतसहितको टोलीले उक्त परिमाणको ह्यान्ड स्यानिटाइजर बरामद गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .