ad ad

समाज


कोरोना संक्रमित तीन लाख व्यक्ति उपचारपछि पूर्ण स्वस्थ

कोरोना संक्रमित तीन लाख व्यक्ति उपचारपछि पूर्ण स्वस्थ

नेपालखबर
चैत २६, २०७६ बुधबार ६:५४,

कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित बनेका तीन लाखभन्दा बढी मानिसहरु उपचारपछि पूर्ण स्वस्थ भएर घर फर्किएका छन्।

हाल विश्वमा १४ लाख ३२ हजार ६८६ कोरोना संक्रमित छन्। ८२ हजार १२४ को मृत्यु भइसक्दा ३ लाख २३ सय २४ उपचारपछि पूर्ण स्वस्थ बनेका हुन्।

हालसम्म चीनमा सबैभन्दा बढी कोरोना संक्रमित निको भएका छन्। चीनमा ७७ हजार २७९ उपचारपछि स्वस्थ बनेका हुन्।

यस्तै स्पेनमा ४३ हजार २०८, जर्मनीमा ३६ हजार ८१, इरानमा २७ हजार ३९, इटलीमा २४ हजार ३९२, अमेरिकामा २१ हजार ७११, फ्रान्समा १९ हजार ३३७ जना कोरोना संक्रमित उपचारपछि स्वस्थ भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .