सरकारले दश निजी वायुसेवा कम्पनीका हेलिकोप्टर तयारी अवस्थामा राख्न परिपत्र गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको आग्रहमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन परिपत्र गरेको हो।
कोरोना संक्रमणको जोखिमका कारण जुनसुकै बेला उद्धारमा खटिनुपर्ने हुनसक्ने भन्दै हेलिकप्टर तयारी अवस्थामा राख्न परिपत्र गरिएको हो। नेपालमा कोरोना संक्रमित बढेसँगै सरकारले जोखिम बढ्न सक्ने आँकलन गरेको छ। सोही कारण उद्धारका लागि हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा राख्न लागिएको हो।
सबै हेलिकप्टर कम्पनीहरूलाई परिपत्र गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। स्वाब संकलन तथा उद्धार र मेडिकल टिम जानुपर्ने सम्भावना भएकाले तयारी अवस्थामा रहन परिपत्र गरिएको बताइएको छ।
3
Shares
प्रतिक्रिया