मंगलबारसम्म विश्वभर १९ लाख २९ हजार २२५ जना कोरोना संक्रमित बनेका छन्। यस भाइरसको संक्रमणबाट १ लाख १९ हजार ७५८ जनाको मृत्यु भएको छ।
विश्वभरका मानिस कति संक्रमित भए कतिको मृत्यु भयो र कति निको भए भनेर तथ्यांक हेर्न र गन्नमा व्यस्त हुँदा भारत प्रशासित जम्मु कस्मिरमा भने भारतीय सेना र आतंकवादीबीच भिडन्त बारम्बार भइरहन्छ।
यसैहप्ताको आइतबार भारत प्रशासित कस्मिर र पाकिस्तानको सीमामा गोलाबारी हुँदा चार जना सर्वसाधारणको मृत्यु भयो। केही मानिस घाइते भए।
मृत्यु हुनेमा एक २ वर्षका बच्चा पनि थिए।
कोरोना प्रकोपका बेला दोहोरिँदै सीमा इलाकामा भारतीय सेना र आतंकवादीबीच भिडन्त हुँदै आएको छ। यसअघि पनि उक्त क्षेत्रमा भिडन्तहरु हुँदै आएका छन्।
यतिबेला कस्मिरका नागरिकहरु कोरोना भाइरस र सीमा पारीबाट आउने गोली दुवैको त्रासमा छन्। उनीहरु प्रश्न गर्छन्,‘कोरोना भाइरसबाट जोगिनु कि सीमा पारीबाट आउने गोलीबाट जोगिनु?’ एजेन्सी
प्रतिक्रिया