ad ad

कारोबार


नेपाल वायुसेवा निगमका आजका उद्धार उडान पनि रद्द

नेपाल वायुसेवा निगमका आजका उद्धार उडान पनि रद्द

नेपालखबर
असार २, २०७७ मंगलबार ७:५४,

म‌ंगलबार हुने भनिएका नेपाल वायुसेवा निगमका उडान रद्द भएका छन्। निगमले कतार र युएई उडान गर्ने समयतालिका रहेको थियो।

नेपाल वायुसेवा निगमले मंगलबार र बिहीबार (जुन १६ र १८) मा युएईमा हुने भनिएका उडान रद्द भएको जानकारी दिएको छ।

निमगका अनुसार युएईले उडान अनुमति नदिँदा अन्तिममा आएर उडान रद्द गर्नुपरेको हो।

त्यस्तै कतारको दोहामा हुने भनिएको उडान पनि रद्द भएको छ। निगमले प्राविधिक कारणले उडान रद्द भएको जनाएको छ।

निगमले माले र मलेसिया उडान गर्न पनि सकेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार गरेको तालिकाअनुसार सोमबार माले र मलेसिया उडान तालिका थियो।

विदेशस्थित नेपाली दूतावास र नेपाल वायुसेवाको तादात्म्य नमिल्दा नेपालीको उद्धार गर्ने उडान रद्द भएका हुन्। यात्रुको टिकट, स्वास्थ्य रिपोर्टलगायतका समस्याले गर्दा उडान रद्द हुँदै आएको छ।

निगमले बंगलादेशको ढाकामा मात्रै नेपाल उद्धारको लागि चार्टर्ड उडान गरेको छ। त्यस्तै हिमालय एयरलाइइन्सले आजबाट माले र कोलम्बोबाट उद्धार उडान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .