ad ad

राजनीति


ध्यानाकर्षण पत्र बुझाउन गएका कांग्रेस नेतासँग प्रधानमन्त्री ओलीले मागे साथ

ध्यानाकर्षण पत्र बुझाउन गएका कांग्रेस नेतासँग प्रधानमन्त्री ओलीले मागे साथ

नेपालखबर
असार २, २०७७ मंगलबार ७:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कोरोनाविरुद्धको अभियानमा साथ दिन कांग्रेस नेताहरुलाई आग्रह गरेका छन्।

मंगलबार कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएका कांग्रेस नेताहरुलाई प्रधानमन्त्री  ओलीले कोरोनाविरुद्ध सचेतना अभियानमा सरकारलाई साथ दिन आग्रह गरेका हुन्।

ध्यानाकर्षण पत्र बुझाउन कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वमा भीमसेनदास प्रधान, पुष्पा भुसाल, राजन केसी, गगन थापा मंगलबार बालुवाटार पुगेका थिए।

प्रधानमन्त्रीले आफूहरुसँग कोरोनाविरुद्धको अभियानमा साथ दिन आग्रह गर्नुका साथै अनियमितता गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको सांसद गगनकुमार थापाले बताए।

‘प्रधानमन्त्रीले कोरोनाविरुद्ध सचेतता जगाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो’, थापाले नेपालखबरसँग भने, ‘उहाँले यसअघि बोल्दै आउनुभएको अनियमितता गर्दिन र गर्न दिन्न भनेर आज पनि दोहो¥याउनुभयो।’

ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री ओलीले एक घण्टा सरकारका कामहरुबारे जानकारी दिएका थिए।

कांग्रेसले पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सरकार असफल भएको आरोप लगाउँदै आएको छ। उसले पीसीआर परीक्षणको दायरा बढाउन र क्वारेन्टिनलाई विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा व्यवस्थित गर्न ध्यानाकर्षणपत्रमार्फत आग्रह गरेको हो।

कांग्रेसले मंगलबार ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .