निशान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै बाइ नाउ पे लेटर अर्थात् अहिले किनेर पछि पैसा तिर्न सकिने योजना ल्याएको छ।
योजनाअन्तर्गत निशान गाडी खरिद गर्दा ६ महिनासम्मको ईएमआई र ब्याज कम्पनीले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ।
निशानका सबै गाडीहरु ३० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने पनि कम्पनीको भनाइ छ। निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबी समेत गरेको छ।
योजना स्टक रहने अवधिसम्म लागू हुनेछ र शर्तहरु लागू हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया