ad ad

राजनीति


अख्तियार विधेयकमा पछि हट्यो सरकार, कार्यसूचीबाट हटाइयो संशाेधन प्रस्ताव

अख्तियार विधेयकमा पछि हट्यो सरकार, कार्यसूचीबाट हटाइयो संशाेधन प्रस्ताव

नेपालखबर
असार १५, २०७७ सोमबार ८:१९,

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाएको छ।

सो विधेयकको चौतर्फी विरोध भइरहेकै बेला सोमबारको राष्ट्रिसभाको कार्यसूचीमा राखिएको थियो।

तर, राष्ट्रिसभाको बैठकको बीचमै सो विधेयक कार्यसूचीबाट हटाइएको अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए । 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो विधेयक अघि नबढाउने बताएका थिए। 

तर, त्यससम्बन्धी कुनै जानकारी संसदमा नआएका कारण सो विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभाले अघि बढाएको संसदका एक उच्च अधिकारीले साेमबार नेपालखबरलाई बताएका थिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत विभिन्न पक्षले सो विधेयकको चर्को विरोध गरेपछि गतसाता सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा समेत सो विषय गम्भीररुपमा उठाइएको थियो।

त्यसपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाललाई सो विधेयक स्थगन गरिने जानकारी गराएका थिए।

निजी क्षेत्रलाई समेत छानबिन गर्ने अधिकार समेत अख्तियारलाई दिन लागेसँगै त्यसको चर्काे विरोध भएको हाे।

‘अख्तियारसम्बन्धी विधेयक रोक्न दलबाट राष्ट्रियसभामा केही औपचारिक जानकारी आएको छैन,’ संसद सचिवालयका एक वरिष्ठ अधिकारीले भने, ‘यदि रोक्ने नै हो भने त सम्बन्धित पार्टीको संसदीय दलमा आउनुपर्थ्याे अनि दलबाट राष्ट्रियसभामा आउँथ्यो, त्यस्तो केही नआएपछि कार्यसूची बनेको हो।’

याे पनि: राष्ट्रिय सभाको कार्यसूचीमा अख्तियारसम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .