ad ad

कारोबार


मूल्य वृद्धिले रेकर्ड राखेसँगै सुनचाँदी बजार सुनसान

मूल्य वृद्धिले रेकर्ड राखेसँगै सुनचाँदी बजार सुनसान

नेपालखबर
असार १५, २०७७ सोमबार १०:५०,

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुनसान बनेको छ।

सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राट्रिय बजारमा सुनको मूल्य आकासिँदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ। सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो। सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छाडेको व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुले बिबाहको सिजनमा पनि अत्यावश्यक गरगहना बाहेकका कुनैपनि गरगहना बिक्री नभएको बताएका छन्।

सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायीहरु बताउँछन। सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा बिक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .