ad ad

राजनीति


हङकङको विषयमा हस्तक्षेपकारी भूमिका खेल्ने अमेरिकी अधिकारीलाई चीनले भिषा नदिने

हङकङको विषयमा हस्तक्षेपकारी भूमिका खेल्ने अमेरिकी अधिकारीलाई चीनले भिषा नदिने

नेपालखबर
असार १५, २०७७ सोमबार ११:११,

गतहप्ता अमेरिकाले हङकङमा चीनले सुरक्षा कानुन ल्याएर त्यहाँको स्वतन्त्रतालाई कुन्ठित गर्ने कार्य गरेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकाको भिषा नदिने बताएको थियो।

चीनले हङकङको विषय आन्तरिक मामिला भएकाले अमेरिकाले यस विषयमा हस्तक्षेप गर्न नहुने बताएको थियो। बारम्बार अमेरिकाले हङकङको विषयमा चीनको विरोध गरे बेइजिङले अमेरिकालाई कडा रुपमा प्रतिकार गर्ने बताएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यमाथि अमेरिकी भिषामा प्रतिबन्ध लागेपछि सोमाबर चीनले पनि अमेरिकी अधिकारीहरुलाई भिषामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

चीनको विदेशमन्त्रालयले सोमबार दिएको जानकारीअनुसार हङकङको विषयमा हस्तक्षेपकारी भूमिका खेल्ने अमेरिकी नागरिकहरुलाई चीनले भिषा दिनेछैन।

अमेरिका र चीनबीच सन् २०१८ यता व्यापारको विषयमा विवाद छ। हाल भने अमेरिका र चीनबीच कोरोना भाइरस, हङकङ सुरक्षा कानुन तथा ताइवानको स्वायत्तताको विषयमा तनाव बढ्दै गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .