काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ६, भक्तपुर र ललितपुरका एक एक जनालाई कोरोना संक्रमण देखिएको हो।
राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला २ पुरुष, भक्तपुरका १ पुरुष, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं र ललितपुरका १–१ जना तथा त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना नयाँ संक्रमित भेटिएको हो।
यो पनि: काठमाडौं उपत्यकामा संक्रमित व्यवस्थापनमा के गरिँदैछ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना पुष्टि भएको हो।
नयाँ भेटिएका कोरोना संक्रमितसँगै कुल कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको बताए।
यसैगरी १३ महिला र १०८ पुरुष गरी १२१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन्।
प्रतिक्रिया