ad ad

कारोबार


३६औँ वार्षिकोत्सवमा नबिल बैंकले ल्यायो विभिन्न कर्जामा विशेष ब्याजछुट अफर

३६औँ वार्षिकोत्सवमा नबिल बैंकले ल्यायो विभिन्न कर्जामा विशेष ब्याजछुट अफर

नेपालखबर
साउन २, २०७७ शुक्रबार ८:३२,

नबिल बैंकले सम्पूर्ण ऋणी तथा ग्राहकलाई ‘३६औँ वार्षिकोत्सव योजना’ ल्याएको छ।

बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष ब्याज छुट दिने अफर ल्याएको हो।

जसअन्तर्गत, घरकर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ः ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

सीमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडि बढाउन सकिने बताइएको छ।

योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरुलाई केही सहायता पुग्ने बैंकले विश्वास गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .