ad ad

कारोबार


नबिल इन्भेष्टमेन्टको नयाँ डिम्याट खाता योजना, यस्ता छन् ग्राहकलाई सुविधा

नबिल इन्भेष्टमेन्टको नयाँ डिम्याट खाता योजना, यस्ता छन् ग्राहकलाई सुविधा

नेपालखबर
साउन २, २०७७ शुक्रबार ८:४८,

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साउन १ देखि नयाँ डिम्याट खाता योजना ल्याएको छ।

कम्पनीले विद्यमान कोरोना भाइरस (कोभिड १९) को कारणले लगानीका क्षेत्रहरु खुम्चिँदै गएको परिवेशमा बढीभन्दा बढी लगानीकर्ताहरुलाई नेपालको वित्तीय बजार अर्थात् सेयरबजारमा प्रवेश गराउन नयाँ योजना ल्याएको जनाएको छ। यो योजना साउन १ देखि सुरु भइसकेको छ भने साउन मसान्तसम्म लागू हुनेछ।

योजनामा कम्पनीले दिँदै आएको वित्तीय बजारसँग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ। पूर्णरुपमा शुल्क छुट हुने सेवाहरुमा निःशुल्क डिम्याट खाता खोल्न सकिने, निःशुल्क इक्विटी रिसर्च रिपोर्ट पाउन सकिने, निःशुल्क मेरो सेयर, निःशुल्क एएमसी अर्थात् पोर्टफोलियो मेनेजमेन्ट र इन्भेष्टमेन्ट एडभाइस र निःशुल्क बिजनेस क्लिकमा पूर्ण वित्तीय सल्लाह रहेका छन्।

कम्पनीले भनेको छ, ‘हामीलाई आशा छ यो सुविधाबाट नेपाली जनताले बढीभन्दा बढी फाइदा लिनुहुनेछ।’

यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिङ सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा सञ्चालनमा ल्याउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .